Thursday, March 25, 2010

कविता



गङ्गा सरी चोखो माया तिम्लाई बिष्को खानी भयो!
परा इको सिन्दुर सामु मेरो रगत पानी भयो!!

ईश्वर लाई साछी राखि,
ईश्वर लाई साछी राखी सिउदो तिम्रो भरेको थे!
सगै जिउने सगै मर्ने प्रण मैले गरेको थे!
तिम्ले धोका दिएपछी एक्लो जिउने बानी भयो,
परा इको सिन्दुर सामु मेरो रगत पानी भयो!
गङ्गा सरी चोखो माया तिम्लाई बिष्को खानी भयो!

बर्-पिपलको सामु मैले,
बर्-पिपलको सामु मैले आफ्नै मनलाई द्ङ्गायथे
हातको बुडी औंला चिरी खाली सिउदो रङ्गाय थे!!
तिम्रो माया किन मलाई आखा भित्र नानी भयो ?
परा इको सिन्दुर सामु मेरो रगत पानी भयो!
गङ्गा सरी चोखो माया तिम्लाई बिष्को खानी भयो!
असम्भब मा पनि दौडि,
असम्भब मा पनि दौडी भेट्न तिम्लाई आएको थे!
एकोहोरो रैछ रै नि प्रेमको गित गाएको थे!!
बिछोड को बेदनाले मन जली ख-रानी भयो!
परा इको सिन्दुर सामु मेरो रगत पानी भयो!
गङ्गा सरी चोखो माया तिम्लाई बिष्को खानी भयो!

धनी भको भए साएद्,
धनी भको भए साएद म नि तिम्रो लाएक हुन्थे,
आफ्नो मनको रोजा इ पाए आखा छोपी किन रुन्थे!
मेरो मनको ढुक्-ढुकी परा इ को रानी भयो!
गङ्गा सरी चोखो माया तिम्लाई बिष्को खनी भयो!
परा इको सिन्दुर सामु मेरो रगत पानी भयो!
बिछोड को बेदनाले मन जली ख-रानी भयो!
परा इको सिन्दुर समु मेरो रगत पानी भयो!



तारा बिबश ।
अबु धबि,यु ए इ ।